नियम ७१
प्रमुख जिल्ला अधिकारीबाट निरीक्षण
: (१) जिल्ला प्रहरी कार्यालय वा महानगरीय प्रहरी परिसरको प्रमुखले आफ्नो मातहतका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने वा गराउने सम्बन्धमा प्रमुख जिल्ला अधिकारीलाई पूर्व जानकारी गराउनु पर्नेछ तथा प्रमुख जिल्ला अधिकारीले वर्षको कम्तीमा एक पटक जिल्ला प्रहरी कार्यालय, महानगरीय प्रहरी परिसर, इलाका प्रहरी कार्यालय, प्रहरी वृत्त र प्रहरी प्रभागको निरीक्षण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रमुख जिल्ला अधिकारीले निरीक्षण गर्दा प्रत्येक इलाका प्रहरी कार्यालय, प्रहरी वृत्त, प्रहरी प्रभाग र प्रहरी चौकीमा रहेको डायरी तथा प्रहरी सम्बन्धी गोप्य प्रतिवेदन सहित अन्य अपराध सम्बन्धी सारांश प्रतिवेदन हेरी आफ्नो प्रतिक्रिया सहितको सूचना तुरुन्त जिल्ला प्रहरी कार्यालय वा महानगरीय प्रहरी परिसरको प्रमुखलाई दिनुपर्नेछ । यसरी निरीक्षण गर्दा जिल्ला प्रहरी कार्यालय तथा महानगरीय प्रहरी परिसरको प्रमुखले आफ्नो मातहतका प्रहरी कार्यालयहरूको निरीक्षण गरे वा नगरेको सम्बन्धमा समेत निरिक्षण गर्नु पर्नेछ ।